काठमाडौं, ६ वैशाख। समाजकल्याण परिषद् एक महिनादेखि पदाधिकारीविहीन छ। सदस्यसचिव रवीन्द्रकुमार यादवसहित पदाधिकारीहरूको म्याद गत फागुन २८ गते सकिएको हो। परिषद पदाधिकारीविहीन हुँदा कमकारबाहीमा असर परेको छ।
फाइल फोटोः प्रम केपी अोलीसंग खुस्बु
प्रधानमन्त्री केपी ओलीले विवादास्पद एक सुन्दरीलाई परिषदको उपाध्यक्ष बनाउन दबाब दिएकाले नियुक्ति नै रोकिएको खबर तरुण साप्ताहिकमा छ।
प्रहरीसँगको भिडन्तमा मारिएका गुन्डानाइने दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुस्बु ओलीलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्रीले महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीलाई दबाब दिँदै आएका छन्। तर, मैनालीले प्रस्ताव नै लान सकेका छैनन्।
उपप्रधानमन्त्री मैनालीले उपाध्यक्षमा माले कार्यकर्ता नीलमणि बराल, सदस्य सचिवमा शिक्षा मन्त्रालयका पूर्व उपसचिव नकुल बानियाँको नाम परिषदमा नियुक्तिका लागि चैत पहिलो साता मन्त्रिपरिषद बैठकमा लगेका थिए। तर, प्रधानमन्त्री ओलीले खुस्बुको नाम उपाध्यक्षमा राख्न दबाब दिएपछि मैनालीले प्रस्ताव नै फिर्ता लिएका थिए ।
खुस्बुलाई उपाध्यक्ष बनाउने कुरामा मैनाली सकारात्मक नभएपछि प्रधानमन्त्री र उनीबीच सम्बन्धमा पनि चिसोपन आएको बताइन्छ। ओली मैनाली दुवै झापा आन्दोलनका सहयात्री हुन्। यदि पार्टी नछाडेको भए सीपी अहिले एमालेको निर्विकल्प प्रधानमन्त्री हुने थिए।
प्रहरी इन्काउण्टरमा मारिएका ‘डन’ चरीकी गर्लफ्रेण्ड खुस्बु ओलीको विबाह