Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओली सरकार ढाल्न दिल्लीमा भेला

काठमाडौं, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण भारतका लागि ऐतिहासिक झापड सावित भइसकेको छ। यो झापडमाथि अर्को झापड नखान भारतले भित्री खेल खेलिरहेको छ। प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले बजेट ल्यायो भने भारतका लागि अर्को झपड सावित हुन सक्छ।

त्यससैले ओली सरकारलाई कसै गरे पनि बजेट ल्याउन नदिने रणनीतिमा भारत लागिपरेको लक्षण देखिंदैछ। यो सरकारलाई बजेट ल्याउन नदिनुको मुख्य कारण हो चीनसँगको सम्झौता कार्यान्वयनलाई सहयोग पुग्नेगरी विकास आयोजनामा बजेट छुट्याउन नदिने। आउँदो बजेट उत्तरी नाकाहरुको सडक मार्ग स्तारोन्ती गर्न ठूला बजेट छुट्याइने निश्चित छ । त्यसैगरी रेल परियोजनाको लागि पनि सरकारले बजेट छ्ट्याउँदैछ।

भारतले जे चाहेको छैन ओली सरकार त्यही गर्ने तरखरमा भएपछि जेठ १५ अगावै यो सरकार नढाली नछोड्ने तयारीमा कांग्रेस पुगेको खबर आजको साँघु साप्ताहिकले छापेको छ। कांग्रेसको यो बाध्याताले नेपाली राजनीति नै तरंगित हुन थालेको छ।

यही बेला दिल्ली दौड तीव्र देखिएको छ । खुमबहादुर खड्का आजै दिल्ली जाँदैछन् । सभापति शेरबहादुर देउवा पनि आजै दिल्ली जाँदैछन्। अमरेशकुमार सिंह दिल्लीमै छन् । हिन्दु राष्ट्रका लागि भारतले तीव्र चासो दिइरहेका बेला खुमबहादुरसहितका देउवा पक्षीय नेताको दिल्ली दौडलाई महत्वका साथ हेरिएको छ।





Comments

comments

Leave a Reply

12079