एचकेनेपाल डट कम संवाददाता –
गत साल गएको विनाशकारी भूकम्पका कारण भत्किएका विद्यालयहरुको पुननिर्माणका लागि घासी नेपालले आयोजना गरिरहेको मेरो जन्मभूमि कार्यक्रममा युएसएको डल्लासमा नायिका केकी अधिकारी र राजेशपायल राई जमेका छन्।

नेपाल सोसाइटी अफ नेपाल र घासी नेपालको आयोजनामा आइतवार डल्लासमा एक भव्य कार्यक्रम भयो।
कार्यक्रममा महानायक राजेश हमालको आकर्षक कविता वाचन, सन्दीप क्षेत्रीको प्रहसन अनि गायक राईको म त मर्छु कि क्या हो ठूली नामक गीतमा केकी राजेशको जोडी अनि प्रस्तुती सारै लोभ लाग्दो थियो।

कार्यक्रममा टिकट नपाएर दर्शक फर्किएको घटना यो पहिलो पटक भएको आयोजक माधव घिमिरेले बताए।
कार्यक्रम लगभग ४ घण्टा चलेको थियो।




फोटोः हिमालय खबर र फेबु



