नेपाली डाक्टरलाई टर्की सरकारको विशेष सम्मान

काठमाडौं, सिरहा गोलबजाका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुर्याएवापत ‘वर्ष चिकित्सक’ का रुपमा सम्मानित गरेको छ।

नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका विनोदकुमार शाह कामको अवसर पाएर अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए।

अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा एमबीबीएस र एमडी गरेपछि साह अध्ययनअनुसारको चिकित्सा सेवामा थिए।

‘टर्कीको स्वास्थ्य मन्त्रालयले हरेक बर्ष गर्ने चिकित्सकीय सर्वेक्षणमा बालरोग तथा नवजात शिशु उपचार क्षेत्रमा मलाई बर्ष २०१५ को उत्कृष्ट चिकित्सकको सम्मान दिएको हो,’ डा.शाहले भने।

टर्कीका राष्ट्रपति एवं प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मानलाई सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट पहिचान मान्ने गरिएको छ।

डा.साहले आफ्नो अध्ययन र अनुभवलाई नेपालमै उपयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्कने योजना बनाएका छन्। उनका बुझाइमा, नवजात शिशुको मृत्युदर हेर्ने हो भने पनि नेपालजस्ता विकासोन्मुख मुलुकको स्थिति कहालीलाग्दो रहेको र यसो हुनुमा स्वास्थ्य सरोकारवालासँगै महिला शिक्षारसचेतना कार्यक्रमको प्रभावकारिता रहन नसकेको स्थिति नेपालमा कायम छ।

पश्चिमा विकसित देशमा प्रति १ हजार नवजात बच्चामा ४ देखि १० को मृत्यु हुने गरेकोमा नेपालमा यो संख्या ४५ सम्म रहेको तथ्यांक आफैंमा डरलाग्दो रहेको उनले बताए। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12095