६५ यात्रुसहित त्रिशुली नदीमा दुई वटा बस बेपत्ता

चितवन, २८ असार । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूली नदीमा दुईवटा बस बगाएको छ। बसका चालकसहित ६५ जना बेपत्ता भएको बताइएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाएको हो।

विहान करीव साढे ३ बजेतिर भरतपुर महानगरपालिका-२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले त्रिशूलीमा बस बगाएको हो।
गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना सवार थिए।

बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद्‌ व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन गरिएको छ।





Comments

comments

121697