जब इंग्ल्याण्डलाई पराजित गर्दै युरोकपको उपाधि स्पेनले चुम्यो

रोशन मेवाहाङ्ग/एचकेनेपाल डट कम–

लण्डन, जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पियास्ट्याडियनमा भएको फाइलन खेलमा इंग्ल्याण्डलाई २—१ गोलले पराजित गर्दै स्पेनले कीर्तीमानी चौथो युरोपियन च्याम्पियनसिपको उपाधि हात पारेको छ।

पहिलो हाफ खेल ०—० मा सकिएको खेललाई अत्यन्तै जिज्ञासाले भरिएको अनुमान गर्न सकिन्थ्यो । स्पेनकका उत्कृष्ट प्रदर्शनकर्ताहरुमध्ये एक ला-रोजाले दोस्रो हाफ सुरु भएको दुई मिनेटमै अग्रता दिलाउँन सफल भएका थिए । भर्खरै १७ बर्ष टेकेका स्पेनका उदीयमान खेलाडी लामिने यामिनको पासलाई चलाखीपूर्वक इंग्ल्याण्डको गोलपोष्टको तल्लो कुना तर्फ प्रहार गरेको बललाई गोलरक्षक जोर्डन पिकफोर्डले रक्षा गर्न सकेन्न्।

७२ औ मिनेटमा ३० यार्ड टाढाबाट चेल्सीका मिडफिल्डर कोल पाल्मरले बायाँ खुट्टाले प्रहार गरेका बललाई स्पेनका गोल रक्षकले बचाउँन असफल हुदा इंग्ल्याण्डले बराबरी गर्ने मौका पाएका थिए । पाल्मरको उत्कृष्ट गोलको नतिजा पाएपछि बेलायतभर केहि क्षण उत्सव मनाउँने अवसर मिलेको थियो । तर इंग्ल्याण्डकको त्यो खुशीलाई तोकिएको निर्धारित समय पाँच मिनेट भन्दा कम समय बाँकी रहदा स्पेनले फेरी अग्रता लिएको थियो । जब स्पेनका माइकल ओयारजाबलले मार्क कुकुरेल्लाको उत्कृष्ट पासलाई प्रयोग गर्दै दोस्रो गोल गर्न सफल भएका थिए । त्यो मनमोहक गोल लागेको दृश्य देखेर स्पेनका राजा मुसुक्क मुस्कुराएका थिए । माइकलको उक्त गोलले बेलायतीहरुको मुटुमा ठुलो पिडा छरिदिएका थिए। आखिर इंग्ल्याण्डका थ्रि लाइनहरु जति नै खेल मैदानमा गर्जिए पनि आहार पाउँन सकेनन् । अन्तत, फान्सका रेफ्रि लेटेरिक्सयरले खेलको अन्तिम सिटी बजाउँदा इंग्ल्याण्डको खुशी, उत्साह र उज्यालो छिनभरमा अध्यारो साँझमा परिवर्तन भएको थियो।

यो स्पेनको चौथो उपाधि हो। यसअघि सन् १९६४, २००८, र २०१२ मा जितेका थिए । उक्त खेल मैदानमा स्पेनका लामिने यामल युरोकप वा विश्वकप फाइनल खेल्ने अहिलेसम्मकै कान्छो खेलाडीको रुपमा घोषित भएका थिए भने इंग्ल्याण्डका टिम क्याप्टेन केनले गोल्डेन बुटको उपाधि पाएका थिए।

इंग्ल्याण्डका पराजयले ग्यारेथ साउथगेटको भविष्य निलो आकाश मुनि झुन्डिएको अनुमान गर्न सकिन्छ किनभने आगमी सन् २०२६ को विश्वकप अमेरिकामा हुने खेलमा साउथगेट अझै पनि त्यहाँ रहँनेछ वा छैनन् हेर्ने बाँकी छ।

उक्त फाइनल खेल हेर्न पुगेका बेलायती राजकुमार (प्रिन्स् अफ वेल्स्) विलियमले भने, ‘हामी अझै पनि हाम्रो राष्ट्रिय फुटबल टिमप्रति गर्ब गर्छौ ।’ आफ्ना जेठा छोरा राजकुमार जर्ज (भविष्यको बेलायती राजा जर्ज ७) सँगै दर्शकदीर्घामा रहेका विलियमले केनले पाएको उत्कृष्ट सम्मानको खुलेर प्रशंसा गरेका थिए।





Comments

comments

122058