हङकङमा सडक दुर्घटनामा कैयौँ घाइते

–

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ जुलाई। क्वाइचुङ रोडमा शुक्रबार बिहान ट्याक्सी सडकको ब्यारियरमा ठोक्किएर पल्टिँदा ड्राइभर र तिनका यात्रु घाइते भएका छन्।

ड्राइभर र तिनका यात्रुलाई उपचारको लागि अस्पताल लगिएको छ। त्यस्तै गुडिरहेको केएमबी बसका दुई यात्रुहरूसमेत ट्याक्सीको उछिट्टिएका भग्नावशेषले लागेर घाइते भएका छन्।

–

अनलाइन तस्बिरमा २९० रुटको बसको तल्लो डेकमा रहेका दुई वटा झ्यालमा क्षति पुगेको देखाइएको छ।

त्यस्तै, फानलिङमा भएको अर्को घटनामा केएमबी बस, भ्यान र निजी कार ठोक्किँदा आठ जना घाइते भएका छन्। केएमबीले दुवै दुर्घटनामा प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

–




Comments

comments

122457