हङकङमा सडक दुर्घटनामा कैयौँ घाइते

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ जुलाई। क्वाइचुङ रोडमा शुक्रबार बिहान ट्याक्सी सडकको ब्यारियरमा ठोक्किएर पल्टिँदा ड्राइभर र तिनका यात्रु घाइते भएका छन्।

ड्राइभर र तिनका यात्रुलाई उपचारको लागि अस्पताल लगिएको छ। त्यस्तै गुडिरहेको केएमबी बसका दुई यात्रुहरूसमेत ट्याक्सीको उछिट्टिएका भग्नावशेषले लागेर घाइते भएका छन्।

अनलाइन तस्बिरमा २९० रुटको बसको तल्लो डेकमा रहेका दुई वटा झ्यालमा क्षति पुगेको देखाइएको छ।

त्यस्तै, फानलिङमा भएको अर्को घटनामा केएमबी बस, भ्यान र निजी कार ठोक्किँदा आठ जना घाइते भएका छन्। केएमबीले दुवै दुर्घटनामा प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ।





Comments

comments

122457