लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन

दाङ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए ।

उनका ठाउँमा राजकुमार चौधरी चयन भएका हुन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए। त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।

लुम्बिनीमा नागरिक उन्मुक्तिका चार जना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनी दुवै पटक मन्त्री थिए ।





Comments

comments

122871