नातिबाबु भट्ट/ एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडो राज्यमा दीपक सुनुवारको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति गठन गरिएको छ।
कोलोराडो स्थित अरोरा सिटिमा बुधबार सम्पन्न भेलाले दीपक सुनुवारको सभापतित्वमा ११ सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति गठन गरेको हो।
यसरी गठित समितिका अन्य पदाधिकारीहरूमा उपसभापति इन्द्रप्रसाद घिमिरे, सचिवमा लिलाबहादुर पाण्डे रहेका छन । त्यस्तैगरी समितिका सदस्यहरुमा शान्तशोभा रञ्जितकार, सुशीला प्रधान, दीपकजंग थापा, रामबहादुर सुनार, उपेन्द्रराज घिमिरे, श्रवणकुमार शर्मा, रबिन्द्र श्रेष्ठ र सौजन रञ्जितकार चयन भएका चयन भएका छन्।
अरोरा हिस्टोरिकल म्युजियम हलमा दीपक सुनुवारको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा कोलोराडोका बिभिन्न शहरबाट ६० जना भन्दा बढिको उपस्थिति रहेको थियो । उक्त भेलालाई पार्टीका उपसभापति एवम् पूर्व श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले नेपालबाट जूममार्फत सम्बोधन गरेका थिए । त्यसैगरी, पार्टीका कावा महामन्त्री तथा संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, पूर्वमन्त्री डा. तोसिमा कार्की, पार्टीका गैरआवासीय प्रमुख डा.प्रणय राणाले पनि जूममार्फत आतिथ्यता ग्रहणका साथै शुभकामना मन्तब्य दिएका थिए।
केन्द्रीय सदस्य मोहनजंग थापाको उपस्थिति रहेको भेलालाई कार्यक्रमको अन्त्यमा पार्टीका सभापति पूर्व उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले जूमबाट शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा रास्वपा अमेरिका संयोजक रमेश भट्ट र नेताहरु प्रकाश सिलवाल, नरेश क्षेत्री, पदम पन्थीको आतिथ्यता रहेको सभापती सुनुवारले बताएका छन्।