हङकङकी ‘तलवारबाज’ की रानीलाई पेरिस ओलम्पिकमा पहिलो स्वर्ण पदक…

फोटोः भिभियनको फेनपेजबाट

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ जुलाई। हङकङकी फेन्सर (तलवारबाजी) भिभियन कङले २०२४ पेरिस ओलम्पिक खेलकुदमा महिला एपी व्यक्तिगत प्रतियोगितामा स्वर्ण पदक जितेर उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्।

-

यो ऐतिहासिक जित यस वर्षको ओलम्पिकमा हङकङको पहिलो पदक हो।

यो जितसंगै उनले ६ मिलियन हङकङ डलर नगद पुरस्कार प्राप्त गर्ने भएकी छन्। यसअघि नै ओलम्पिकमा स्वर्ण पदक जित्ने विजेताहरुलाई ६ मिलियन हङकङ डलर नगद पुरस्कार दिइने घोषणा भइसकेको छ।

हङकङका कार्यकारी प्रमुख जोन ली का-चिउले आइतवार हङकङका लागि पेरिस ओलम्पिकमा पहिलो पदक जितेकोमा फेन्सर भिभियन कङ मान-वाइ र उनका प्रशिक्षकलाई हार्दिक बधाई व्यक्त गरेका छन्।





Comments

comments

123189