पेरिस ओलम्पिकमा हङकङलाई थप १ स्वर्ण र कास्य पदक

फाइल फोटोः एडगर चेउङ र सिओभान हाउगे

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३० जुलाई। पेरिस ओलम्पिकमा हङकङले ऐतिहासिक थप १ स्वर्ण र १ कास्य पदक जितेको छ।

हङकङका एडगर चेउङ का-लङले पुरुषको फोइल फेन्सिङ (तलवारबाजी) मा इटालीका फिलिपो माचीलाई १५-१४ को अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। यो पदकसंगै उनले हङकङ सरकारबाट ६ मिलियन हङकङ डलर नगद पुरस्कार प्राप्त गर्ने छन्।

ओलम्पिकमा एडगरको यो दोश्रो स्वर्ण पदक हो। यसअघि पनि उनले सन् २०२० टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। उनले एसियाली खेलकुदहरुमा स्वर्णसहित दर्जनौं पदक जितेर इतिहास कोरेका छन्।

फाइल फोटो: सिओभान हाउगे

त्यस्तै, हङकङकी जलपरी भनेर परिचित सिओभान हाउगेले २०० मिटर फ्रीस्टाइल प्रतियोगितामा कांस्य पदक जितेर पेरिस ओलम्पिकमा आफ्नो आधिकारिक डेब्यु गरेकी छिन्। यो पदकसंगै उनले हङकङ सरकारबाट १.५ मिलियन हङकङ डलर नगद पुरस्कार प्राप्त गर्ने छिन्।। उनले अघिल्लो ओलम्पिकमा दुई रजत पदक जितेर इतिहास कोरेकी थिइन्।

फेन्सर भिभियन कङले हङकङलाई पेरिस ओलम्पिकमा पहिलो स्वर्ण जितेर पदकको खाता खोलेकी थिइन्।

हङकङलाई पहिलो स्वर्ण पदक दिलाएकी भिभियन कङ




Comments

comments

123359