परराष्ट्र मन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबिचको औपचारिक सम्बन्ध त्यसबेलादेखि नै सौहार्दपूर्ण रहिआएको छ ।





Comments

comments

124007