Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिंहदरवार उक्ल्यो मधेस आन्दोलन

मधेशी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेका छन्। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंह दरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ।

सिंह दरबार घेराउ कार्यक्रमका लागि तराई मधेशका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता ओसारिएको छ। आन्दोलनकारीहरू अनुसार विभिन्न नाकामा धर्नामा बस्ने जिम्मेवारीहरू छुट्याइएको छ । जसमा सर्वसाधारणको प्रयोगमा आउँने दक्षिणी गेट घेराउ गर्ने नेतृत्व सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लिएका छन्।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर तर्फबाट सिंहदरबार घेर्ने कार्यक्रम तय गरिएको खबर नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

12462