Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रवासी नेपाली मंच नेदर्ल्यान्डको दोस्रो अधिबेशन सम्पन्न

द्रोण रिजाल्/ एचकेनेपाल डट कम –
नेदर्ल्यान्ड । प्रवासी नेपाली मंच नेदर्ल्यान्डले मे १७ तरिखका दिन आफ्नो दोस्रो अधिबेसन भब्यताका साथ सम्पन्न गरेको छ।

नेकपा (एमाले) को भात्रृ संगठन प्रवासी नेपाली मंच नेदर्ल्यान्डले एमाले केन्द्रीय सदस्य महिला नेत्री साथै बिदेश बिभाग प्रमुख रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा उक्त अधिबेशन सम्पन्न भएको हो।

मन्तब्यको क्रममा प्रमुख अतिथि झांक्रीले बर्तमान नेपालको राजनीतिक अवस्थाको चर्चा गर्दै मधेसी आन्दोलनको कटाक्ष गरिन् । बिदेशीबाट सञ्चालित मधेसी आन्दोलन जनमूखी नभएको, अङि्गकृत नागरिकता लिएर प्रान्तिय राज्यको उच्च संबैधानिक पदमा बसेर प्रान्तनै अलग बनाइ भारत गाभ्ने षडयन्त्र गर्न खोजेकोले सजक नभए देशले भारी संकट बेहोर्नु पर्ने औल्याउदै भारत संगको असमान सन्धिको परिणति अहिले आएर बेहोर्नु परेको धारणा राखेकी थिइन।

त्यसैगरी शुभकामना दिने अतिथिहरुमा प्रवासी नेपाली मंच जर्मनका संथापक अध्यक्ष सन्तोष भट्टराई, प्रवासी नेपाली मंच बेल्जियमका पूर्व अध्य्क्ष शिव कुमार बदुवाल्,जनसम्पर्क समिती नेदर्ल्यान्डका अध्यक्ष दिपक रेग्मी,नेपाल बिकास प्रतिष्ठानका अध्य्क्ष शशी पौडेल, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदर्ल्यन्ड्का -अध्यक्ष हिमाल गुरुङ्,गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य श्री राम कंडेल ,साथै पूर्व सदस्य फडिन्द्र पंत,गैरआवासीय नेपाली संघ नेदर्लेन्डका पूर्व अध्यक्ष नारायण आचार्य र क्र राज अधिकारी,प्रवासी नेपाली एकता समाज नेदर्ल्याडका उपाध्यक्ष आमिर गुरुङ्, गुरुङ समाज नेदर्ल्यान्डका उपाध्यक्ष कृष्ण गुरुङ्,गैर आवासीय नेपाली संघ राष्ट्रिय समान्वय परिषदकी महिला संयोजक साबित्रा रिजाल्,साथै जन सम्पार्क समिती नेदर्ल्यान्डका निबर्तमान अध्यक्ष समाजसेबी मनोहरी शर्मा थिए ।

अधिबेशनले प्रेमकाजी गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितीसमेत चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा उदय नेपाली,महासचिबमा धन कुमार बोहरा,सचिबमा बिनोद बस्नेत्,कोषाध्यक्षमा खेम लाल सापकोटा र सदस्यहरुमा हेम कुमार भुजेल्, लक्ष्मण रिजाल्, घनश्याम सापकोटा, प्रयगराज खनाल,कमल रसाइली,चन्द्र बिर कुंवर्,कमल शाही,नितु श्रेष्ठ, रबिन खड्का,कैलास रिजाल्, नबिन ढकाल्, रमेश गौतम्, बलराम पोख्रेल र दिनेश रेग्मी रहेका छन् ।

युरोप प्रतीनिधिमा टिका राम सापकोटालाई चयन गरेको छ । कार्यक्रमको संचालन महासचिब धन कुमार बोहराले गरेका थिए भने उपस्थित सहभागिलाई स्वागत गर्दै स्वागत मन्तब्य प्रेम काजी गुरुङले राखेका थिए। अधिबेशन अत्यन्तै सफल र स्वच्छ बातावरणमा भएकोले सबैलाई धन्यबाद दिदै मंचका सल्लाहकार केशवराज पान्डेले खुशी ब्यक्त गरे ।





Comments

comments

Leave a Reply

12535