छुट्टीमा नेपाल गएर मोडलिङ…

राम ढुंगेल / एचकेनेपाल डट कम –
यूएई, विगत ५ वर्षदेखि यूएईमा रोजगारी गरिरहेका वालिङ–८, स्याङजाका दिपक काफ्लेले एक महिने छुट्टीमा नेपाल गएका बेला घुमघाममा मात्र समय बिताएनन् ।

रोजगारीको क्रममा बिदेशबाट छुटीमा नेपाल गएका अधिकांशले त्यो अवधिमा घुमघाम र आफन्तसँगको भेटघाटमै बिताउँछन् । तर, दीपकले एक सिर्जनात्मक काम गरेका छन् । उनले एक आधुनिक गीतमा मोडलिङ गरेका छन् ।

गीत, संगीत, साहित्य, अभिनय तथा कलाकारितामा रुचि राख्ने २६ वर्षीय दिपकले एउटा आधुनिक गीतमा अभियन गरेका छन् । मोडलिङमा करिअर खोजिरहेका दिपकले ‘मानेन…मानेन….’ बोलको गीतमा मोडलिङ गरेका हुन्।

नेपाली कलाकार समूह, यूएईका सदस्य उनलाई भिडियोमा साथ दिएकी छिन् बुटवलकी प्रीया भण्डारीले । दिपक जस्तै प्रीया पनि कुनै प्रोफेसनल मोडलभन्दा कम छैनन्।

गायक विक्रम राना र गायिका गीता पाइजाको स्वर रहेको उक्त गीतको शब्द तथा संगीत गायक स्वयंको रहेको छ । गीतमा प्रियसीसँगको वियोगको पीडालाई श्रृतिमधुर ढंगले प्रस्तुत गरिएको छ ।

अबिरल फिल्मस प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियो विष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन् । बुटवल, रामापुरका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको उक्त भिडियोमा विकास थापा र निरु रानाको जोडीले पनि अभियन गरेका छन् । उक्त भिडियोलाई पवन घिमिरेले छायांकन गरेको उक्त गीतमा आत्रेय विशालले संगीत एरेन्जरको भूमिका निर्वाह गरेका छन् ।

सगुन शर्माको शृंगारमा सजिएका मोडलहरुले गीतको भावअनुरुप अभिनय गरेको बताएका छन् ।



हेर्नुहोस् भिडियोः





Comments

comments

Leave a Reply

12540