धुर्मुस-सुन्तलीको नमूनाबस्तीका लागि निरौलाबाट १ लाख दुई हजार सहयोग

भोला लामिछाने,यूरोप
धुर्मुस सुन्तलीको नमूनाबस्तीका लागि निरौलाबाट १ लाख दुई हजार सहयोग

नेपालको झापा जिल्लामा जन्न्मनु भै बिराटनगर, भक्तपुर हुदै पढाईको शिलशिलामा यूरोप आउनु भएका रमेश प्रसाद निरौला मिडियामा त्यति आउन नचाहने आफ्नै काममा विश्वास गर्ने र प्रवासमा रात दिन मिहिनेत गर्ने एक कर्मशील ब्यबसायी एवं समाजसेबी व्यक्ति हुन्। हाल बार्सिलोना निवासी निरौलाले भेजी गार्डेन नामक प्रख्यात शाकाहारी भोजनालय संचालन गर्दै यहाँका नेपाली मात्र नभएर स्पेनिश अनि बार्सिलोना भ्रमणमा आउने जो कोही पर्यटकहरुको पनि मन जितेका छन्। नेपाली दाजुभाई दिदीबहिनीहरु भन्ने बित्तिकै उहाँहरुको दुखसुखमा सामेल हुने अनि आफ्नो बल बुताले भ्याएसम्म सहयोगी बन्ने निरौला आफ्नो रेस्टुरेन्टमा नेपाली कामदारहरुलाई समेत रोजगारी दिन सफल भएका छन्। स्पेनमा स्थापना भएको पूर्वेली नेपाली एकता नामक सामाजिक सस्थाका सल्लाहकारसमेत रहेका निरौला अहिले आएर नेपालमा कलाकार धुर्मुस सुन्तली फाउन्डेशनमार्फत भूकम्प पीडित गिरान्चौर गाउंमा पुनर्निर्माण गर्न लागेको देखेपछि उक्त पुनर्निमाण सहयोग स्वरूप नगद रु १ लाख २ हजार १६ प्रदान गरेका छन्।


यूरोप आउंदा शुरुका दिनहरु

यूरोप आउदा २०० यूरो मात्र साथमा लिएर आएको याद गर्दै आफूले शुरुमा यूरोप भूमिमा गरेका संघर्षका दिनहरु सम्झन्छन अनि पाएका कस्टहरुलाई प्रेरणाको श्रोतको रुपमा लिएर आउने दिनहरुलाई अझ कसरी प्रगतितर्फ़ लग्न सकिन्छ सोची रहन्छन। दुख त कति पाइयो भन्नलाई निकै लामो समय लाग्ने समेत बताए। दिनमा २० घण्टासम्म काम गरेको बताउदै पैसा भनेको चिज जति कमाए पनि आखिर भगवानको घरमा जादा लाग्ने रहिन्न्छ सर गरिब दिन दुखीहरुको सहयोगको लागि जुट्नु र सकेको सहयोग गर्नुमा नै मलाई त सच्चा धर्म त्यहि हो जस्तो लाग्छ। मरेर आखिर के नै लगिन्छ र सर ?


धुर्मुस सुन्तलीलाई नै किन सहयोग ?

हाम्रो देशलाई कुनै न कुनै हिसाबबाट सहयोग गर्नु पर्दछ , देशको उन्नतिको लागि प्रगतिको लागि सहयोग गर्नु पर्दछ भन्ने मेरो आफ्नो भावना रहेको कारणले मैले सहयोग गरेको हु। नेपालमा अब धेरै फरक राजनीतिक पार्टीहरु छन् राजनीतिक लुछाचुडी छ त्यो राजनीतिक लुछाचुडीमा नेपालमा केही हुन सकिरहेको छैन। त्यस्तो लुछाचुडीको बिचमा पनि स्वतन्त्र र साधारण गाउंले परिवेशका हाम्रा हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमेरे धुर्मुस सुन्तलीले भूकम्पबाट मर्माहत भएको हाम्रो देशलाई आफ्नो तर्फबाट जे जति हुन्छ त्यो लिएर एउटा गाउकै पुनर्निर्माणको लागि परेको मैले देखे र पहेले नै काभ्रेमै गरेको त्यो पुनर्निमाण राम्रो काम गर्नु भयो भन्ने मलाई अनुभूति भएको थियो। फेरी पछि आएर उहाँहरुले पुन गिरान्न्चौरमा अर्को बस्तिको पुनर्निमाण गर्न लागेको र उहाँहरु डोको, ढुङ्गो बोकेर काम गरेको देखेपछि उहाँहरुको कामलाई सम्मान गर्दै मैले धुर्मुसजीलाई सम्पर्क गरेर मैले सहयोग गरेको हु। मैले उहांसगको सम्पर्कमा सहयोग रकम त्यहिको जनताहरुलाई नै जान्छ त ? कतै भ्रष्टाचार त हुन्न ? कडा प्रश्न गरेको पनि थिएं यसमा उहाँले प्रत्येक हिसाब किताब हुनेछ हामीले आफ्नो घर बेचेर काम गरेको समेत बताएपछि र आफ्नो जुन गुडविल छ त्यसलाई प्रयोग गरेर हामीले पुनर्निर्माण थालनी गरेका हौ। जतिले सहयोग गर्ने हुनुहुन्छ पछि कसको सहयोग कहाँ प्रयोग भएको सबै बिलसहित हामीले बुझाउने छौ, बाहिर निकाल्ने छौ , प्रकाशित गर्ने छौ भनेर विश्वस्त समेत बनाउनु भयो अनि उहाँहरुलाई नै सहयोग गरेको हु।


एनआरएनलाई पुनर्निर्माण गर्न अनुमति बल्ल पायो रे तर धुर्मुस सुन्तलीले भने गरेर देखाए यो के हो मैले अझै बुझ्न सकेको छैन ।

हामीले एनआरएन स्पेनको माध्यमबाट निकै नै ठूलो रकम समेत नेपालमा भूकम्प पीडित सहयोगार्थ पठाएका पनि हौ। म पूर्वेली नेपाली एकता समाज स्पेनको सल्लाहकारमा समेत छु यो सस्थाबलगायत स्पेन स्थित अन्य संघ सस्थाहरुबाट एकत्रित गरि निकै नै ठूलो रकम एनआरएन स्पेनको खातामा जम्मा गरेर सहयोग गरेको पनि हो। अहिले आएर हेर्दा नेपालमा भूकम्प गएको पनि एक बर्ष समेत बितिसकेको अवस्थामा अझै पनि एनआरएनले किन पुनर्निर्माण गर्न सकेको छैन ? सुनेको छु बल्ल नेपाल सरकारले एनआरएनलाई अनुमति दियो रे यस अर्थमा पनि हामीले जे सोचेका थियौ त्यो काम गर्न एनआरएनका प्रतिनिधिहरु पनि चुक्नु भयो। धुर्मुस सुन्तलीले अनुमति पाउने एनआरएनले किन नपाउने ? लाटो सोझो जनताको हिसाबबाट हेर्दा आखिरमा दुबैले गर्ने पुनर्निर्माण नै हो मलाई त हाम्रा एनआरएनका प्रतिनिधिहरु सक्षम र सबल हुदा हुदै पनि हाम्रो देशको राजनीति ले गर्दा त्यस्तो भएको जस्तो लागेको छ सर। नेपालमा राजनीतिक पार्टीहरुको एक अर्काको खुट्टा तान्ने र कुर्ची ताक्ने प्रवृतिले पुनर्निर्माणमा समेत ढिलाई भएको जस्तो लागेको छ। नेपालमा राजनीति गर्ने पार्टीका प्रतिनिधिहरु निस्पक्ष हुनपर्यो। एक अर्काको खुट्टा तान्ने प्रवृति हुनु भएन। मेरो आफ्नो मनले बुझ्दा अहिले नेपालमा देखिएका जुन पार्टीहरु छन् उनीहरु बिकास र निर्माणको लागि एकजुट हुनु पर्ने बेलामा झन आपसी तानातानी मै र कुर्ची मै व्यस्त देखिएका छन् भलै उनीहरुका आफ्ना आफ्ना राजनीतिक र सांगठानिक मान्यताहरु होलान तर समग्र नेपालीहरुको हित र विकासमा लाग्दा एक जुट भएर लाग्नु पर्ने मा उनीहरु त्यसो गर्न सकिरहेका छैनन्। भूकम्प पीडित सहयोगार्थ व्यक्तिगत तर्फ़बाट नै यस अघि करिब १२ सय यूरो सहयोग गरिसके सर।

भूकम्पबाट मर्माहत भएको क्षणमा मर्ने त मरे बाँच्ने मानिसहरु खाने अन्न बस्ने बास र पिउने पानी समेत नपाउदा मैले सिन्धुपाल्चोकको थुमम्पाखर गाबिस को १ वडामा मेरो परिवारको पहलमा व्यक्तिगत रुपमा १२ सय यूरोको लत्ता कपडा बिस्कुट टेन्टलगायतका सामग्री समेत सहयोग गरे।





Comments

comments

Leave a Reply

12542