भूपू ब्रिटिश गोर्खा भक्तबहादुर राईको युकेमा निधन

बेलायत। भोजपुर जिल्ला, टेम्के मैयुङ गाउँ पालिका, खोङटाङ, वडा नम्बर ४ स्थायी घर भई हाल ह्यारो, मिडलसेक्स युकेमा रहनु भएका ७ गोर्खा राईफल्सका भूतपूर्ब ब्रिटिश गोर्खा २११५५१३६ राईफलमेन भक्त बहादुर राईको २८ अगष्ट २०२४ का दिन असामयिक निधन भएको छ।

संगीतकार दिनेश काजी बान्तवाको ७९ वर्षीय पिता केहि समयदेखि अस्वस्थ्य हुनु भएको र उपचारका क्रममा हुनुहुन्थ्यो।

संगीतकार दिनेश काजी बान्तवा अस्वस्थ बाबा भेट्न केहि समय घि युके आएर बाबाको उपचार र हेरचाहमा रहनु भएको थियो।

स्वर्गीय राई केहि बर्षदेखि श्रीमती पन्चदेबी राई र छोराहरु महेश राई, गायक रमेश राईसहित युके आएर बसोबास गरिरहनु भएको थियो।

स्वर्गीय राईको अन्तिम संस्कार किरात संस्कार अनुसार नेपालमा नै गरिने योजना रहेको बुझिएको छ। त्यसका लागि उहाँको पार्थिब शरीर नेपाल लगिने छ। त्यसका लागि परिवारसँगको सहकार्यमा किरात राई बान्तवा रुङमाहाङ बात्तोङ समिति युके र किरात राई यायोक्खा प्राकाश लण्डनले आवश्यक सहजीकरण गर्ने तयारी गरिरहेको बुझिएको छ।

किरात राई बान्तवा रुङमाहाङ बात्तोङ समिति युकेका अध्यक्ष बिनोद कुमार राईले स्वर्गीय भक्त बहादुर राई रुङमाहाङ बंशको जुवाईं चेला हुनु भएकाले बंशीय वात्तोङले सकेको र चाहिने सहयोग गर्न आकस्मिक भर्चुवल मिटिङका लागि रुङमाहाङ राईहरुको बंश र छोरीचेलीहरुलाई यस बिषयमा जानकारी गराई सकेको र गराउने क्रम चलिरहेको बताउनु भएको छ।

साहित्यकार तथा समाजसेवी नरेश काङमाङ राईले भाबुक हुँदै, कोमा पंच देबी राईको श्रीमान, संगीतकार दिनेश काजी वान्तवा, महेश राई, गायक रमेश राईको आफ्नो आप्पा हाम्रो मामा शुवास राई आजवाट,

घाम हुनु भो,
जुन हुनु भो,
तारा मण्डल हुनु भो,
ब्रमाण्ड हुनु भो,
पानी हुनु भो,
फूल हुनु भो,
पित्री पुर्खा हुनु भो ।

मामा हजूरको साम्खामा बास होस । हार्दिक श्रद्धाञ्जली ।
भनेर आफ्नो मामालाई श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

नेपाली फिल्म जगतका चर्चित निर्देशक मिलन चाम्सले आफ्नो मावली बाजेको दु:खद निधनको खबरले मर्माहत बनेको बताउँदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समबेदना प्रकट गर्नु भएको छ।

यस दु:खद घडीमा दिवंगत आत्माको शान्तिको कामना गर्दै सुप्तुलुङमा बास होस्, हार्दिक श्रद्धाञ्जली !
यस पीडादायी समयमा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्यधारण गर्न सक्ने शक्ति सुम्निमा पारूहाङ्गले प्रदान गरुन हार्दिक कामना।

भूमिराज राई
मेडवे, केन्ट, युके

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

125804