आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार : कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । बुधवार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनी यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले भने, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।” महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।”

नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए । रासस





Comments

comments

125925