फुल भोलुममा १९७४ एडीले यसरी गरे धरान गुञ्जायमान (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
धरान। करिब तीन बर्षको अन्तरालमा धरानमा आयोजना भएको भब्य सांगीतिक साँझ “ रुस्लान फुल भोलुम कन्सर्ट “ मा त्यतिकै समयको अन्तरालमा चर्चित सांगीतिक समूह “१९७४ ए डी” धरानको पब्लिक ग्राउन्डमा जेष्ठ ७ गते शुक्रबार बेलुकी झुल्किए। आफ्नो नयाँ सांगीतिक सदस्य रोहित जोन छेत्री र प्रज्वल मुखियासहित।

एड्रीन प्रधान र फिरोज स्यांगदेनको ठाउंमा समूहमा स्थानान्तर भएका दुई नयाँ पुस्ताका युवाहरुले निराकार याक्थुम्बा ,मनोज केसी ,संजय श्रेष्ठ ,सुभास जंग पाण्डे ,प्रतिक बानिया लगायतका पुराना समूहका सित तालमा ताल मिलाउदै “ साँझको बेला “ बोलको गीतबाट पहिलोपल्ट धराने दर्शकहरु माझ १९७४ ए डी आफ्नो नयाँ स्वर पस्कियो ।

युवापुस्ता माझ निकै चर्चित रहेका रोहित जोन छेत्रीलाई आफ्नो समूहमा प्रवेश गराएको १९७४ ए डीले त्यसपछि लगातार आफ्नो प्रस्तुति दिइरह्यो । छुदैन तिम्रो मायाले , तिमीलाई पिरतीले , चौबन्दी चोली ,गुरांसै फुल्यो ,जति माया लाए पनि , रातो र चन्द्र सूर्य , पहिलो जुनीमा ,मायालुले लगायतका डेढ दर्जन गीत हरु गाउँदै अन्त्यमा यो मन त मेरो नेपाली हो गाएर कार्यकर्मबात बिट मरेका थिए ।

एड्रीन प्रधान र फिरोज स्यांगदेन बिना कस्तो होला भन्ने दर्शक दिर्घाहरु बिच रहेको कौतुहलतालाई आफ्नो बेस्ट परफोर्मंन्स दिएर दुबैले सबै दर्शकहरुलाई आफूसंगै गाउन र झुम्न बाध्य तुल्याएका थिए ।

आफ्ना प्रत्येक गीतहरुमा धराने दर्शकहरुको उत्साहजनक सहभागिता देखेर मक्ख १९७४ ए डी का ब्याण्ड म्यानेजर सुभासराज कर्णिकारले नया सदस्य सहितको धरानको कन्सर्ट पहिलो ग्रान्ड कन्सर्ट भएको बताए ।“ कन्सर्टको नाम अनुसार साउण्ड र लाइट सिस्टमले पनि कार्यकर्मलाई ग्रान्ड बनाएको थियो भने कन्सर्टको रात धरान पुरै गुन्जायमान भएको थियो । “स्थानीयले गरेको राम्रो हुदैन भन्ने धारणा चिर्न पनि स्थानीय आयोजक भाइहरुसंग धेरै पहिलादेखि एउटा भब्य कन्सर्ट गर्ने कुरा चलेको थियो ,जसलाई रुस्लान फुल भोलुम कन्सर्टले पुरा गरेको छ “ पुर्वाञ्चलको नाम चलेको सुन्दर साउण्डका प्रोपाइटर सुन्दर श्रेष्ठले बताए ।

सिल्भर इन्टरटेन्मेंट र हाइट इभेन्टको आयोजना तथा रुस्लान भोड्काको मुख्य प्रायोजनमा सम्पन्न “ रुस्लान फुल भोलुम कन्सर्ट “ धरानको पुरानो चर्चित ब्याण्ड जेलर्सको मुख्य भोकलिस्ट मनोज मोते आफ्नो नया ब्याण्ड वाल्किंग क्लाउडसंग स्टेजमा लामै अन्तरालमा झुल्किएका थिए।

वाल्किंग क्लाउडमा मनोजसंगै पुरानो धराने किबोर्ड्रीस्ट हेम सुब्बा , दुर्गाहांग लिम्बु , युवराज राइ र हेंर्ड्री राइ रहेका छन् । उनले टाढा जाने , हाम्रो जीवन संगै केहि अंग्रेजी गीतहरु प्रस्तुत गरेका थिए । उनले टाढा जाने , हाम्रो जीवन संगै केहि अंग्रेजी गीतहरु प्रस्तुत गरेका थिए।

बेलुकी सवा सातदेखि साढे नौ बजेसम्म संचालित कन्सर्टमा करीब साढे चार हजार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । दर्शकहरुले करिब साढे दुइ घण्टाको रातको समयको भरपूर मनोरंजन लिएका थिए । कार्यकर्मको संचालन प्रियारानी लामा र महेश लिम्बुले गरेका थिए । भब्य रुपमा सम्पन्न रुस्लान फुल भोलुम कन्सर्ट नेपालका बिभिन्न शहरहरुमा गर्दै जाने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12607