एआइपिएस एसियाको २५औं कंग्रेस सम्पन्न

काठमाडौं, खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५औं कंग्रेस काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (आइपिएस एसिया) को बिहीबार काठमाडौंको एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पानसमा द्वीप प्रज्ज्वल गर्दै उक्त २५औं कंग्रेसको उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री चौधरीले देशमा यस्ता आयोजना सम्पन्न हुनु ऐतिहासिक रहेको र यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीसहित पदाधिकारी, विभिन्न देशका खेल पत्रकार, ओलम्पियन र विभिन्न खेलका खेलाडी उद्घाटन सत्रमा उपस्थित थिए ।

कार्यक्रममा राखेप सदस्यसचिव घिसिङले काठमाडौंमा एआइपिएस एसियाको २५औं कंग्रेस आयोजना गर्न पाउँदा विशेष खुसी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकारहरू भेला हुनु प्रेरणादायी रहेको बताए । विकासशील राष्ट्रको रूपमा खेलकुद लगानीमा चुनौतीहरू भए पनि आफ्ना खेलाडीले विश्वका मञ्चमा गर्विलो इतिहास सिर्जना गर्नु सुखद क्षण रहेको उनको बुझाइ छ । उनले युवाहरूलाई प्रेरित गर्न, अनुशासन बनाउने र आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नमा गर्वको भावना जगाउने एक शक्तिशाली माध्यमको रूपमा खेलकुद रहेको धारणा राखे ।

खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस जस्ता ठूलो आयोजना पहिलोपल्ट नेपालमा आयोजना भएको हो । यो कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलता स्पष्ट पारेको विश्वास व्यक्त गरे । कंग्रेसको उद्घाटनका अवसरमा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र इस्पोटर््सकी एसियाकी प्रतिनिधिबीच महिला सशक्तिकरणबारे छलफल भएको थियो ।

नेपाल पर्यटन बोर्डले नेपालका विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा संस्कृति, हिमालपहाड र देशको भौगोलिक अवस्थाका बारेमा वृत्तचित्र प्रस्तुत गरेको थियो । पछिल्ला समय लोकप्रिय बन्दै आएको इस्पोटर््सको अवस्थाबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो । यस कार्यक्रममा एआइपिएस एसियाले होटल एसोसिएसन अफ नेपाल (हान) र सिएमआर नेपालबीच सहकार्य भएको छ । सोही कार्यक्रममा एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल (हान) बीच सम्झौता भएको छ । हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त गरेको छ । एआइपिएस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । सम्झौताअनुसार सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।





Comments

comments

126108