Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सेन्ट्रलमा आईफोन १६ प्रो चोरी: यसरी ठगिए विक्रेता – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सेन्ट्रलमा आईफोन १६ प्रो चोरी: यसरी ठगिए विक्रेता

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ सेप्टेम्बर। सोमबार दिउँसो सेन्ट्रलमा एक व्यक्तिले नक्कली बैंक रसिद देखाएर अर्को व्यक्तिबाट नयाँ आईफोन १६ प्रो हात पारेको घटना भएको छ। प्रहरीले अहिले उक्त व्यक्तिको खोजी गरिरहेको छ।

दिउँसो करिब ३ बजे ३१ वर्षीय लीले प्रहरीमा उजुरी दिएका थिए। उनले सेन्ट्रल स्टेशनको एक्जिट एचमा आफ्नो नयाँ डेजर्ट टाइटेनियम २५६ जीबी आईफोन १६ प्रो बेच्न खोज्दा चोरी भएको बताए।

लीले टिकट काउन्टर नजिकै खरिदकर्तासँग भेट्ने योजना बनाएका थिए। तर आईफोन हस्तान्तरण गरिसकेपछि मात्र उनलाई थाहा भयो कि रसिद नक्कली रहेछ।

प्रहरी घटनास्थलमा पुग्दा चोरलाई फेला पार्न सकेन। लीले अनुसन्धानमा सहयोग गरिरहेका छन्।

प्रहरीका अनुसार उक्त व्यक्ति हङकङ आइल्याण्ड लाइनतर्फ गएको देखिएको छ।

लीले केही दिन अघि मात्र उक्त फोन किनेका थिए र अनलाइनमा भेटेका ग्राहकलाई घाटा खाएर बेच्न लागेका थिए।

हालै सार्वजनिक भएको आईफोन १६ को केही सानो मोडेलहरू भने स्कल्पिङका लागि लोकप्रिय हुन सकेका छैनन्। उदाहरणका लागि १२८ जीबी आईफोन १६ प्रो शुरुमा ८,५९९ हङकङ डलरमा बिक्री भएको थियो तर गत शुक्रबार (सेप्टेम्बर २०) कजवे बेको एप्पल स्टोर बाहिरै ६०० हङकङ डलर घाटामा बिक्री भएको थियो।





Comments

comments

126356