हङकङले बढायो विदेशी घरेलु कामदारको तलब

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २७ सेप्टेम्बर। हङकङ सरकारले शुक्रबार विदेशी घरेलु कामदारको तलब वृद्धि भएको घोषणा गरेको छ।

विदेशी घरेलु कामदारहरूको न्यूनतम मासिक तलब २.५ प्रतिशतले बढेर ४,९९० हङकङ डलर पुग्ने भएको छ। यो वृद्धि भोलि (सेप्टेम्बर २८) देखि लागू हुने गरी नयाँ सम्झौताहरूमा प्रभावी हुनेछ।

खाना भत्तामा भने परिवर्तन गरिएको छैन। खाना भत्ता न्यूनतम १,२३६ हङकङ डलर प्रति महिना यथावत कायम रहनेछ।

यो निर्णय हङकङको वर्तमान आर्थिक अवस्था, श्रम बजारको स्थिति र नजिकको भविष्यको आर्थिक दृष्टिकोणलाई ध्यानमा राखेर गरिएको हो।
सरकारी प्रवक्ताले भने, “हामीले रोजगारदाताहरूको वहन क्षमता र विदेशी घरेलु कामदारहरूको जीवनयापनलाई सन्तुलनमा राख्ने प्रयास गरेका छौं। यो समायोजनले दुवै पक्षको हितलाई ध्यानमा राखेको छ।”





Comments

comments

126472