हङकङका विद्यार्थीमाथि हथौडा आक्रमण गरेका किशोरलाई आजीवन कारावास

तस्बिर: फेसबुक @ ब्लन्डेल्स स्कूल

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० अक्टोबर। बेलायतको डेभनमा रहेको ब्लन्डेल्स स्कूलमा एक हङकङेली विद्यार्थीमाथि हथौडा आक्रमण गरेको आरोपमा १६ वर्षीय किशोरलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

-

यो घटना जुन २०२३ मा भएको थियो, जसले प्रतिष्ठित बोर्डिङ स्कूल समुदायलाई स्तब्ध पारेको थियो।

९ जुन २०२३ को बिहानै भएको यस आक्रमणमा दुई छात्र र एक गृहप्रमुख गम्भीर घाइते भएका थिए। हङकङका १६ वर्षीय विद्यार्थीको टाउकोमा गम्भीर चोट लागेको थियो, जसका कारण उनी लामो समयसम्म अस्पतालमा भर्ना हुनुपर्‍यो र अझै पनि ठूलो मानसिक चुनौतीको सामना गरिरहेका छन्।

आरोपीले आफू निद्रामा हिँडेको दाबी गरे पनि, अदालतले उनको इन्टरनेट खोज इतिहासमा “स्कूल नरसंहार” र “बाल हत्यारा” जस्ता विषयहरू फेला पारेको थियो। जसले घटनाको पूर्वयोजना रहेको पुष्टि गर्छ। न्यायाधीशले घटनालाई “जंगली र पूर्व योजनाबद्ध” भनी वर्णन गरेका छन्।

विद्यालयका प्रधानाध्यापक बार्ट विलेंगाले यो एक एकल घटना भएको र विद्यालय सबै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्। यस बीच, पीडित हङकङेली विद्यार्थीको परिवारले सपोर्टका लागि धन्यवाद दिँदै उनको पूर्ण स्वास्थ्यलाभको आशा व्यक्त गरेको छ।





Comments

comments

127128