पोखरामा तनाव: सहकारी पीडित र रास्वपा कार्यकर्ताबीच प्रदर्शनको होडबाजी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउले नयाँ राजनीतिक तनाव सिर्जना गरेको छ। रास्वपाका कार्यकर्ता र सहकारी पीडितहरू एकैसाथ प्रदर्शनको तयारीमा जुटेका छन्, जसले पोखरामा सम्भावित द्वन्द्वको खतरा बढाएको छ।

रास्वपाले आफ्ना नेता लामिछानेको पक्राउविरुद्ध मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्ने योजना बनाएको छ। यसैबीच, सहकारी पीडितहरूले पनि गैह्रापाटनमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका छन्। सामाजिक सञ्जालमार्फत सहकारी पीडितहरूले गैह्रापाटनमा उपस्थित हुन आह्वान गरिरहेका छन्।

यी दुवै प्रदर्शनले सुरक्षा चुनौती बढाएको छ। जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई प्रदर्शन नगर्न आग्रह गरे पनि यसको कुनै असर देखिएको छैन। परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ।





Comments

comments

127139