२५ लाखको पुरस्कार पाएका भाग्यमानी फूटबल खेलाडी राजु तामाङ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअन्तर्राष्ट्रिय फुटबलर राजु तामाङलाई २५ लाख रुपैयाँको नगद पुरस्कृत गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका पूर्वमिडफिल्डर तथा नेपाल आर्मीका मिडफिल्डर राजुलाई २०७२ सालको सर्बोत्कृष्ट फुटबलर सम्मान प्रदान गरेको हो ।

मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रममा एन्फाले तामाङलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै यो पुरस्कार दिएको हो । सशस्त्र प्रहरीको हल्चोकस्थित कार्यालयमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई २५ लाख रुपैयाँको चेक प्रदान गरे ।

राजुले सम्मान वापत २५ लाख रुपैयाँ प्राप्त गरे । यसअघि सर्वोत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट पुरस्कार दिइँदै आएकामा यसपटक एन्फाले नगद नै प्रदान गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

तामाङले सरकारबाट २५ लाख रुपैयाँ प्राप्त गरेपछि प्रतिक्रिया दिँदै यो पुरस्कारबाट आफू गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।

‘नेपाली फुटबलर भएकोमा म गौरबवान्वित भएको छु’, उनले भनेका छन्, ‘यो रकमले घर खरिद गरेर जीवन बिताउन सक्छु । मलाई यो पुरस्कार दिएकोमा एन्फालाई धन्यवाद दिन्छु ।’

यसैगरी बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप र भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई पनि सरकार र एन्फाले जनही १० लाख रुपैयाँ प्रदान गरेको छ ।

पुरुष टोलीसँगै सागमा रजत पदक विजेता महिला टोलीका खेलाडी र प्रशिक्षकलाई पनि जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे ।





Comments

comments

Leave a Reply

12824