काठमाडौंमा झन् बढ्यो चिसो, विहानको तापक्रम २ डिग्री सेल्सियस..

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ, जुन हिजोको ३.१ डिग्री भन्दा कम हो।

विभागले बिहान ८:४५ मा सार्वजनिक गरेको तापक्रम विवरणअनुसार देशकै सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ, जहाँ माइनस ७.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

मौसम पूर्वानुमान
पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभर मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो कायमै रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

राति पनि देशभर मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। चिसोबाट बच्न विशेष सावधानी अपनाउन स्वास्थ्य विशेषज्ञहरूले सुझाव दिएका छन्।





Comments

comments

128267