एउटा मन्त्रीको दिन क्यान्डी क्रस खेलेरै बित्छ…

नेपाल सरकार एक जना बहालवालामन्त्री बेपत्ता भए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । मन्त्री नै कसरी बेपत्ता हुन सक्छ ।

सामान्य नागरिक भए हो भन्न सकिन्थ्यो । किनकी नेपालमा सामान्य नागरिकको कुनै पनि मूल्य छैन र उसको हैसियत भोट हाल्ने बेलामा मात्रै हो अरु बेलामा होइन भन्ने कुरा जवरजस्ती स्थापित गरिएको छ ।

तर मन्त्री नै बेपत्ता भए भन्ने कुरा भने सहज होइन । वाइसिएलका पूर्व–अध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुन विगत तीन महिनादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

न त मन्त्रालयमा कुनै पत्रकार सम्मेलन नै आयोजना गर्छन् नत सञ्चार माध्यमसँग नै उपलब्ध हुन्छन् ।

उनी मन्त्री पदमा बहाल छन् कि छैनन् भन्ने समेत थाहा हुन छाडेको माओवादीका एक नेताले बताए ।

ती नेताकाअनुसार मन्त्री पुनले सक्ने जति पनि काम गरेनन् । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई मनपरि गर्न खुला छाडिदिए । जनआह्वान साप्ताहिकमा खबर छ ।

अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले बोनस नबाँड्न निर्देशन दिएपनि निगम बोनस बाँड्न तयार देखिएको छ । पछिल्लो दिनमा मन्त्री कुनै पनि विषयमा बोल्दैनन् ।

भूकम्पले ध्वस्त पारेको सिंहदबारको मूल भवनको तेस्रो तल्लामा राखिएको आपूर्ति मन्त्रालयको कार्यकक्षमा बसेर उनी क्यान्डीक्रस खेलेर बस्ने गरेका छन् ।

मन्त्री ज्यू कहिले क्यान्डी क्रस खेल्नुहुन्छ, त्यो खेल्दा–खेल्दै अल्छी लागे टिभी हेर्नुहुन्छ । त्यसपछि उहाँ घर जानुहुन्छ ।

आजकल आपूर्ति मन्त्री पुनलाई भेट्न कोही पनि माओवादीका नेता तथा कार्यकर्ता मन्त्रालय जान त परै जाओस फोन समेत गर्दैनन् ।

पार्टीको बैठकमा समेत सहभागी हुँदैनन् । उनका एक निकट सहयोगीकाअनुसार मन्त्री पुन नराम्ररी फ्रस्टेसनमा फसेका छन् ।

उनलाई उपचारको जरुरत छ । तर मन्त्रीको बारेमा सोचिदिने समेत कोही नभएको भन्दै आलोचना समेत सुरु भएको छ ।

मन्त्रीका निजी तथा स्वकिय सहयोगी समेत मन्त्रीको ताल देखेर हैरान भएका छन् । मन्त्री पदमा पुन छन् ।





Comments

comments

Leave a Reply

12850