बलिउडमा नेपाली निर्माता, मकाउका नेपालीले बनाउंदै ‘तीन पकाउ इन मकाउ’

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, गोल्डन ग्रेप्स मोसन पिक्चर्स मुम्बइको ब्यानरमा निर्माण हुने हिन्दी चलचित्र ‘तीन पकाउ इन मकाउ’मा मकाउका नेपालीहरुले लगानी गरेका छन् ।


चलचित्रका निर्देशक र भारतीय कलाकारहरु

होटल भेनिसनमा हालै आयोजित कार्यक्रममा बोल्दै मुख्य लगानीकर्ता हर्ककृष्ण कुँवर (एचके पिटर)ले बलिउडमा पनि नेपालीको उपस्थिति हुनुपर्छ भन्ने मान्यतामा आफूहरुले लगानी गरेको जानकारी गराए। चलचित्रमा कुँवरसहित सुल्तान बिजी र धिरेन्द्र सिटौलाको समेत लगानी रहेको छ।

नेपाली फ्रेण्डसिप एशोसियसन अफ मकाउका अध्यक्षसमेत रहेका कुँवरले उक्त चलचित्रमा भारतीय कलाकारसंगै नेपाली कलाकार श्याम केसी र राकेशकुमार रायलेसमेत मुख्य भूमिकामा अभिनय गर्ने बताए ।


लेखक तथा निर्देशक जोनी सिंह राना, निर्माता हर्ककृष्ण कुँवर र सहनिर्माता धिरेन्द्र सिटौला

३० अप्रिलमा फस्ट लुक सार्वजनिक गरिएको ‘तीन पकाउ इन मकाउ’को अधिकांश छायाँकन मकाउमा नै हुने बताए।

कार्यक्रममा उपस्थित लेखक तथा निर्देशक जोनी सिंह रानाले बलिउडमा नेपालीको उपस्थिति व्यावसायिक हिसाबले फाइदाजनक हुने दावी गरे । उनीहरुले नेपाली चलचित्र पनि निर्माण गर्ने तयारी गरिरहेका छन्।





Comments

comments

Leave a Reply

12846