Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

म्युजिकमा ठगी, म्युजिक भिडियो बनाइदिने भन्दै प्रवासका स्रष्टालाई यसरी ठगियो

राम ढुंगेल / एचकेनेपाल डट कम –
म्युजिक भिडियो बनाइदिन्छु भनी पैसा लिएर एक अर्घाखाँची निबासी ललितकुमार थापा फरार भएपछि यूएईमा कार्यरत लोकगायक प्रेम भट्टराई आफू ठगिएकोमा चिन्तित छन् ।


प्रेम भट्टराई

चार वर्षदेखि यूएईमा कार्यरत रुपन्देहीका प्रेम भट्टराईले लोकसंगीतको क्षेत्रमा केही महिनाअघि ‘सुखदुःखको चौतारी’ शीर्षक एल्बम सार्वजनिक गरेका थिए । गायक रामजी खाँड र गायिका टीका पुनको स्वरमा सजिएको अति राम्रो गीत भएको सोही एल्बमका मालिक प्रेम भट्टराईले बताए।

उक्त एल्बमको भिडियो बनाउनका लागि भनी लोक गएको हँु भन्ने अर्घाखाँचीका ललितकुमार थापाले पैसा लिएर फरार भएको लोकगायक भट्टराईले बताए । गीतको अडियो अलाप रेकर्डिंगबाट बजारमा आएको र गत अक्टोबर ३ मा उक्त गीतको भिडियोका लागि भनेर अलग्गै ६५ हजार रुपैयाँ सिटिजन्स बैंकमार्फत् ललित थापा मगरका अनुसार पिन CR ०४३६८६५०१२ मा उमाकुमारी रानाको नाममा पैसा पठाएको पीडित भट्टराईले बताएका छन् ।

पैसा पाएको केही महिनासम्म काम हुन्छ भन्दै आश्वासन दिए पनि अहिले निज थापाको फोन नम्बर बन्द भएको, फेसबुक र ह्वाट्स एप सबै सामाजिक सञ्जाल ब्लक गरी निज थापा लुकी रहेको पीडित गायक भट्टराईले बताए ।

पीडित भट्टराईका अनुसार निज थापाले छिटो पैसा पठाउनु नत्र सुटिंङ लेट हुन्छ भनेको तर पैसा हात परेपछि अनेक बहाना गरी सम्पर्कविहीन भएको बताए । थापाले आफूलाई लोकसंगीतको भकारी हुँ, सबै काम गर्छु भनेका कारण विश्वास गरी पैसा पठाउँदा आफू नराम्ररी फँसेको भट्टराईले बताएका छन् । तर आठ महिनासम्म पनि काम नहुँदा यस्तै ठगीमा नपर्न अरुलाई सचेत हुन आग्रह गरेका छन् । आफ्नो रकम फिर्ता गराउनका लागि अदालतसम्म जाने तयारी गरिरहेको लोकगायक भट्टराईले बताएका छन् ।





Comments

comments

Leave a Reply

12844