Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मुख थुनेर घरबेटीकी छोरीको बलात्कार

काठमाडौं–डेरा बस्दै आएको घरकी १२ वर्षीय बालिकालाई एक युवकले घरको छतमा लगेर बलात्कारगरेको खुलासा भएको छ । गत बुधबार वीरगन्ज उपमहानगरपालिका वडा नम्बर-९ रामटोल घर भएकी बालिकालाई उनकै घरमा डेरा बस्ने युवाले छतमा लगेर बलात्कारगरेको खुलेको हो।

-

बालिकाको घरमा डेरा गरी बस्ने १९ बर्षीय राजा शेखले घरबेटीकी १२ बर्षीया छोरीलाई दिउँसै बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेखले बुधबार दिउँसो साढे दुई बजेतिर बालिकालाई जबरजस्ती घरको छतमा लगेर बलात्कारगरेका थिए ।

धोएको कपडा छतमा सुकाएर फर्कदै गरेकी बालिकालाई शेखले मुख थुनेर दुव्र्यवहार गरेको देखेर बालिकाका भाइले होहल्ला गरेका थिए । बालिकाको भाइले होहल्ला गर्नसाथ शेख भागेका थिए । पीडित बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

फरार शेखलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । प्रहरीले पीडित बालिका र आरोपित शेखको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गराएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

12859