काठमाडौं जिल्ला अदालतबाट ६० लाख रुपैयाँको धरौटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन्।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले दिएको आदेश अनुसार, लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी मार्फत धरौटी रकम बुझाएका छन्।
यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि उनले कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए।
..
…