Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन (भिडियोसहित)

भारतलाई गीत गाएरै तर्साएका अम्बर गुरुङको यसरी भयो निधन

एचकेनेपाल डट कम – वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलवार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो।

राष्ट्रिय गान ‘सयौं फूलका थुङ्गा हामी, एउटै माला नेपाली’ का संगीतकारसमेत रहेका गुरुङ एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।

खानेकुरा सर्किएर श्वास प्रश्वासमा समस्या भएपछि गुरुङलाई भेन्टिलेटरमा राखिएको थियो।


बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट १९९४ फागुन १४ गते दार्जीलिङको लालढिकीमा जन्मिएका संगीतकार गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो।

आईए‍ सम्मको अध्ययन गरेका गुरुङले वि.सं. २०१६ माघ महिनादेखि कलकत्तावाट दुई गीत म अम्बर हुँ र सम्हालेर राखबाट गीति लेखन तथा संगीत रचनाको सुरुवात गरेका थिए। संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीको ‘नौ लाख तारा उदाए’ बोलको गीत रेकर्ड गराएका थिए।

गुरुङले ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक भएर काम गरेका थिए।

गुरुङ गत चैत १७ गते भारतको मेदान्त अस्पतालमा उपचार गरी नेपाल फर्किएका थिए ।

गुरुङका तीन छोरा र एक छोरी छन् ।

संगीतकार गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजेपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ।


२०१४ जनवारी १ तारिख हङकङमा आयोजित कार्यक्रममा गीत गाउंदै वरिष्ठ संगीतकार अम्बर गुरुङ। कार्यक्रमलाई संगीतकार दिनेश सुब्बाको संयोजनमा हिमालयन टोन्स म्युजिक एकेडमीले आयोजना गरेको थियो ।

एचकेनेपाल डट कम परिवार वरिष्ठ संगीतकार अम्बर गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ ।





Comments

comments

Leave a Reply

12902