Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विश्वका १०० शक्तिशाली महिलामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी पनि

अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन्।

फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो। नेपाल समाचार पत्र दैनिकमा खबर छ।

यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन्। उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन्।

दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन्।





Comments

comments

Leave a Reply

12914