डन र तस्करको घेरामा गृहमन्त्री

गलत व्यक्तिहरुको घनिष्टता तथा कार्यक्षमताको अभावमा गृहमन्त्री शक्ति बस्नेतको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री परिवर्तन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेका छन् ।

आफ्नो सोचअनुसार गृहमन्त्री बस्नेतले काम गर्न नसकेको भन्दै ओलीले गहृमन्त्री फेर्ने प्रस्ताव राखेको स्रोत बताउँछ । कमजोर निर्णय क्षमता र प्रशासनिक ज्ञानको अभावका कारण गृह मनत्रालय अस्तव्यस्त हुँदै गएको खबर आजको दृष्टि साप्ताहिकले छापेको छ ।

अर्कोतर्फ श्रीमती सत्या पहाडीले डन र तसकरहरुसँग फाइदा लिई मन्त्री बस्नेतमार्फत विभिन्न काम लगाउने गरेकी छिन् ।

मन्त्रीमा नियुक्त भएलगत्तै नक्कली भारतीय रुपैयाँका कारोबारी सुनिल रायमाझी तथा सुडान भ्रष्टाचार प्रकरणमा मुछिएका ठेकेदार शम्भु भारतीसँगको भेटघाटका कारण मन्त्री बस्नेत विवादमा तानिएका थिए ।

अहिले पनि तस्कर तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरुको मन्त्रीनिवासमा भिड लाग्ने गरेको स्रोत बताउँछ । कतिसम्म भने डन गणेश लामाले समेत मन्त्री बस्नेतसम्म पहुँच बनाइसकेका छन् ।





Comments

comments

Leave a Reply

12916