Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटना हुंदा तीन जनाको मृत्यु.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटना हुंदा तीन जनाको मृत्यु..

तस्बिरः रासस

काठमाडौँ, काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बसमा सवार २० बढी विद्यार्थी घाइते भएका छन्।

चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।

वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अहिले पनि उद्धार भइरहेको प्रहरीले जनाएको छ।





Comments

comments

129168