बेलुन पड्किएर अर्थमन्त्री र पोखराका मेयर घाइते, थप उपचारका लागि पठाइयो काठमाडौं लगियो

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्किएर आगो लाग्दा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

-

उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएको बेलुन उडाउने क्रममा अचानक बेलुन पड्किएर आगो लाग्दा दुवै नेता घाइते भएका हुन्। घटनापछि तत्काल दुवै नेतालाई गण्डकी अस्पतालमा र पछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

दुवै नेताको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन्। अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको जनाईएको छ।





Comments

comments

129216