Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कुन– कुन मन्त्री हटाउँदैछन् केपी ओलीले ? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कुन– कुन मन्त्री हटाउँदैछन् केपी ओलीले ?

काठमाडौं, म शक्ति बस्नेतलाई कारबाही गर्छु । गृहमन्त्रालयबाट कुनै हातमा निकालेरै छाड्छु, ‘अहिले उनीहरु मलाई हटाउनतिर लागेका छन् । फकाउन मान्छे पनि पठाएको पठायै छ, ‘तपाई भारतसँग लड्न सक्नुहुन्छ ?’ भनेर मैले प्रचण्डलाई सोधेँ । उहाँले म त सक्दिन भनेर हात उठाउनुभयो । ’ प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा आफ्ना कुरा राख्दा व्यक्त भएका वाक्वांश हुन यी ।

राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा उनी स्पष्ट पार्दै थिए– एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो । राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ । उनले भने ।

ओलीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्दै भने,‘मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने ?’ माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईरहने हो ?’ केपीले सभामुखको निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बुँदामा हाल्न लगाएको आरोप लगाए ।

प्रधानमन्त्रीले आफूलाई सहयोग नगर्ने गृहमन्त्रीलाई हटाई छाड्ने अडान दोहो¥याएर भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारियासँग साँठगाँठमा रहेको ठोकुवा समेत गर्न भ्याए । जनआस्था साप्ताहिकमा खबर छ।





Comments

comments

Leave a Reply

12930