बेलायतमा ईन्टेक १९८५ को भेटघाट सम्पन्न


मिलन तमु / एचकेनेपाल डट कम –

अल्डरसट । सन् १९८५ सालमा ब्रिटिश गोर्खा सैनिकमा भर्ति भएका नम्वरीहरुको साझा संस्था ईन्टेक १९८५ को समर भेटघाट सम्पन्न भएको छ ।

अल्डरसटस्थित कनट स्कूल हलमा गत शनिवार भेटघाट कार्यक्रम आयोजना गरिएको हो । इन्टेक १९८५ का नम्वरी र नम्वरीका परिवारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

तेज गुरुङले संचालन गरेको विविध सांस्कृतिक कार्यक्रममा अनिता लिम्बुले नृत्य प्रस्तुत गरेका थिए भने अल्डरसटस्थित ओजन रेष्टुरेण्टले स्वदिष्ट खानाको व्यवस्था गरेका थिए ।

कार्यक्रममा संस्था दर्ता भएको १० बर्षको पुगेको अवसरमा आगामी नोभेम्बरमा १० बार्षिकोत्सव मनाउने निर्णय गरेको छ । कार्यक्रममा गाजलु फिल्म प्रर्दशनको क्रममा बेलायत रहेका सो चलचित्रका अन्तर्राष्ट्रिय व्यवस्थपक प्रशान्त ताम्राकार, ‘बबाल धमाका’ कार्यक्रमका लागि बेलायत आइपुगेकी गायीका ज्योति मगर, क्रकोज र बलेको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा यसबर्ष विभिन्न क्षेत्रमा पदोन्नती र पुरस्कृत भएका नम्वरीहरु मेजर राम बहादुर पुन, ओम थापा, मिलन तमु, राम गलामी, नारायण भण्डारी, बोहत गुरुङ, मेजर देवान र लाल लिम्बुलाई सस्थापक अध्यक्ष शेर बहादुर सुनार र अध्यक्ष योग कुमार फगामीले खादा लगाई बधाई दिएका थिए ।

संस्थाका अध्यक्ष योग फगामीको अध्यक्षतामा सम्पन्न सो समर भेटघाट कार्यक्रम सचिव पितम्बर रानाले संचालन गरेका थिए ।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12951