Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध आयोगमा उजुरी

रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन्।

पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन्।

सम्बन्धित जिल्लाबाट वा अन्य कुनै माध्यमबाट भएपनि आयोगमा उजुरी गर्न सकिने व्यवस्था भएपनि पीडितहरु स्वयं आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर घटनाको छानबिन र दोेषीलाई कारबाहीको माग गरेका हुन्।

पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका अलावा कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा। चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएको खबर राजधानी दैनिकमा छ।





Comments

comments

Leave a Reply

12960