तराईलाई नेपालबाट टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन्।
दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन्।
यसका लागि नयाँ शक्तिका नेता एवं पूर्व सभासद रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ।
राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन्। ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।
भट्टराई आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्राउन जनमतसंग्रहको व्यवस्था राख्नु पर्ने अभिव्यक्ति रेकर्ड गराइका थिए।
राउतलाई स्थापित गर्न भट्टराईको ठूलो हात रहेको मानिन्छन्। भट्टराई प्रधानमन्त्री छँदा राउत अमेरिकाबाट नेपाल आई रातारात मधेसको राजनीतिमा प्रवेश गरेका हुन्।
सीकेले नेशनल टिभिमै यसरी देश टुक्राउने अन्तर्वाता दिएका थिए,
हेर्नुहोस् पशन तमूको भिडियो ब्लग