कास्की केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं, आज बिहान कास्की जिल्लामा भूकम्पको धक्काले स्थानीयवासीहरूलाई निद्राबाट ब्युँझायो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठीक ४:११ बजे मादी गाउँपालिकास्थित साइमाराङ क्षेत्रमा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

स्थानीय बासिन्दाका अनुसार, “बिहानै अचानक हल्लिएको महसुस भयो। सुरुमा त के भएको हो भन्ने नै थाहा भएन। पछि मात्र भूकम्प गएको थाहा पायौं।” भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महसूस गरिएको छ।

भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन। जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीले भूकम्पबाट कुनै ठूलो क्षति नभएको जानकारी दिएका छन्। तर सावधानीका लागि सबै नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।





Comments

comments

129676