धनुषामा गोली चल्यो, तीनजना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा चोकको नामाकरणको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिएपछि प्रहरीले बाध्य भएर गोली चलाउनु परेको छ । यस घटनामा तीन जना नागरिक घाइते भएका छन्, जसमध्ये एक जनालाई प्रहरीको गोली लागेको छ।

सबैला नगरपालिका-९ भठिहनमा रहेको चोकमा “यादव चोक” नामको बोर्ड राखिएको थियो । यो नामाकरणलाई लिएर स्थानीय समुदायहरूबीच केही महिनादेखि तनाव कायम थियो । यो विवादले उग्र रूप लिएपछि दुई समूहबीच झडप भयो।

प्रहरीको गोली लागेर सहिद नगरपालिका-१ का १६ वर्षीय सन्तोष कुमार यादव गम्भीर घाइते भएका छन्। उनको मलद्वारमा गोली लागेको र हाल जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अन्य दुई घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।





Comments

comments

129825