बेलायतमा सम्पन्न भीसी कप पुनः एफसी क्लब केन्टको पोल्टामा

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –
केन्ट बेलायत । जुन ११ तारिखको दिन बेलायतको फेल्थाम कम्युनिटिमा सम्पन्न भएको भीसी कप २०१६ गत बर्ष झैं भेटरेन तर्फबाट फेरि एफसी क्लब केन्टको हातमा नगद ७ सय पाउण्डसहित शिल्ड हात पारेको छ।

भेटरेन (३८ वर्षभन्दा माथि उमेर भएको) तर्फबाट ६ टिम विच प्रतिस्पर्धा भएको उक्त खेल पुनः ईलाम एफसीसँग फाईनलमा टक्कर परेको थियो। ३० मिनेट लामो समय रहेको सो फाईनल खेलमा एफसी क्लब केन्टको स्कोर ३ र ईलाम एफसी को ० मा खेल समाप्त भएको थियो । यसका साथै लमजुङ एफसीलाई एकै म्याचमा ह्याट्रिक गर्दै बेस्ट स्कोररमा छबी चोङ्बाङ र म्यान अफ द म्याच लोक प्रसाद चेम्जोङ भएका छन्।

यस क्लबले स्थापना कालदेखि नै बेलायतमा हुने सम्भवत सबै कपहरु हात पारि सकेको छ। जस्मा गोर्खा कप र भिसि कप भने २,२ पल्ट हात पारि सकेको हो।

विभिन्न कारणले उपस्थित हुन नसकेका यस क्लबका खेलाडीहरु नेत्र राई, दिनेश लिम्बु, बेद सुनुवार लगायत धेरैले भाईबरको माध्यमबाट वधाईको आदान प्रदान गरेका थिए ।

पुरस्कार वितरण पश्चात ग्रुप फोटो खिचेपछि अरु खेलहरुझै क्लबका म्यानेजर बुद्धि सुनुवार, टिम क्याप्टेन पदम योङ्याङ, टिम कोच लोक प्रसाद चेम्जोङ र सचिव छबी चोङ्बाङले टिमलाई वधाई दिदै यस खेलमा सन्तोष गुरुङ र गुप्तराज चेम्जोङले अरुको नजरमा उत्कृष्ट खेल खेलेको र सबैले अनुशासनमा रहेर खेल खेलेको हुनाले यो कप पुनः हात पारेकोमा धन्यवाद दिएका थिए ।

भेटरेन तर्फबाट एफसी क्लब केन्टले भिसि कप २०१६ को उपाधि जितेको यस कपमा मेन ईभेन्टमा तोङ्बा क्लब लाई पराजित गर्दै रिडिङ् क्लबले नगद १ हजार पाउण्ड सहित मेन ईभेन्टको उपाधि जितेको थियो।





Comments

comments

Leave a Reply

13005