Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अभिनेत्री प्रियंका कार्की लस एन्जेलस आउने

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी । अभिनेत्री प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलस आउने भएकी छिन् । नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन आउन लागेकी हुन्।

प्रियंका आउने निधो भइसकेको सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले जानकारी दिए।

प्रियंकाले उक्त सम्मेलनमा तीन दिनै कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् ।

कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् । यसको अतिरिक्त उनले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् ।

फेशन सोमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की ,रिमा कटवाल ,सब्बु घले ,लक्ष्मी ढकाल, निशा शिवाकोटी ,आरती महर्जन ,रुबी अधिकारी ,रविना बस्नेत तथा सम्पदा रिजाल रहेका छन् ।

फेसन शो जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार ,फेसन डिजाइनर बिना घले तथा विश्व गौतम रहेका छन् ।

नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए ।





Comments

comments

Leave a Reply

13007