न्युज अपडेटः हङकङमा म्याराथन धावक बैकुण्ठ मानन्धर र पहिलो अोलम्पियन नामसिंह थापामगर सम्मानित

एचकेनेपाल डट कम संवाददाता –
जुन ११ हङकङ । दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई शनिवार हङकङमा सम्मान गरिएको छ।

मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन कार्यक्रममा सम्मान गरेको हो।

हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा अोडाएर सम्मान गरे। त्यसैगरी सोही कार्यक्रममा नेपालका पहिलो अोलम्पियनमध्ये एक तथा पूर्व अन्तर्राष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा अोडाएर सम्मान गरेका हुन्।

क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई सम्मानपत्र प्रदान गरेका थिए।

मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता हुन्। उनको दक्षिण एशियाली म्याराथुनको समयमा कीर्तिमान उनको नाममा छ ।

नेपालका पहिलो अोलम्पिनमध्ये एक तथा पूर्व अन्तर्राष्ट्रिय बक्सर थापा मगर पूर्वबेलायती गोर्खा सैनिक पनि हुन्। उनी हङकङमै बसोबास गर्छन् ।


LIVE Video: हेर्नुहोस् लाइभ भिडियोः जगतअम्बु गुरुङबाट

LIVE: दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई शनिवार हङकङमा सम्मान गरिएको छ। मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन कार्यक्रममा सम्मान गरेको हो। हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा अोडाएर सम्मान गरे। त्यसैगरी सोही कार्यक्रममा नेपालका पहिलो अोलम्पिनमध्ये एक तथा पूर्व अन्तर्राष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा अोडाएर सम्मान गरेका हुन्। क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई प्रमाणपत्र प्रदान गरेका थिए।

– See more at: https://hknepal.com/deshbidesh/?p=12892#sthash.jmXikMg0.dpuf

Posted by HKNepal.com on Saturday, 11 June 2016

LIVE: दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई शनिवार हङकङमा सम्मान गरिएको छ। मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन कार्यक्रममा सम्मान गरेको हो। हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा अोडाएर सम्मान गरे। त्यसैगरी सोही कार्यक्रममा नेपालका पहिलो अोलम्पिनमध्ये एक तथा पूर्व अन्तर्राष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई समेत सम्मान गरिएको छ। क्लवका सल्लाहकार एवं एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक याम गुरुङले थापा मगरलाई खादा अोडाएर सम्मान गरेका हुन्। क्लवका अध्यक्ष दीपक गुरुङले सम्मानित दुबैलाई प्रमाणपत्र प्रदान गरेका थिए।

– See more at: https://hknepal.com/deshbidesh/?p=12892#sthash.jmXikMg0.dpuf

Posted by HKNepal.com on Saturday, 11 June 2016

LIVE: हङकङमा म्याराथन धावक बैकुण्ठ मानन्धरसंग च्यारिटीको लागि हाईकिङ।

महिला पुरुष बालबालिकासहित ठूलो संख्यामा नेपालीहरुको सहभागिता। सेन्ट्रल फेरी पियर हुदै वल्ड पीक रोड, राउण्ड पिक, अवरडिन कन्ट्रीपार्कमा पुगेर समापन हुने। हाइकिङ लाइभ भिडियोः जगतअम्बु गुरुङबाट – See more at: https://hknepal.com/deshbidesh/?p=12892#sthash.sNRmxCwR.dpuf

Posted by HKNepal.com on Saturday, 11 June 2016


हेर्नुहोस् लाइभ भिडियोः जगतअम्बु गुरुङबाट

LIVE: हङकङमा म्याराथन धावक बैकुण्ठ मानन्धरसंग च्यारिटीको लागि हाईकिङ शुरु भैसकेको छ। सेन्ट्रल फेरी पियर हुदै वल्ड पीक रोड, राउण्ड पिक, अवरडिन कन्ट्रीपार्कमा पुगेर समापन हुने छ। च्यारिटी हाईकिङमा महिला पुरुष बालबालिकासहित ठूलो संख्यामा नेपालीहरुको सहभागिता रहेको छ।

च्यारिटी हाईकिङ कसरी कहाँ के भइरहेको छ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् …हाइकिङ लाइभ भिडियोः जगतअम्बु गुरुङबाट

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस््

एचकेनेपाल डट कम संवाददाता –
११ जुन, दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङ आई पुगेका छन्।

मानन्धरसंग आजै नेपालको धर्मश्री उपाधि विजेता सानु गुरूङसमेत हङकङ आएका छन्। दुबै जनालाई सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङका साथै क्लवका पदाधिकारी तथा सल्लाहकारहरुले हङकङ विमानस्थलमा स्वागत गरे।

त्यसैगरी नेवार समाज हङकङका अध्यक्ष सत्रुघन उदासलगायत सल्लाहकारहरु स्वागतका लागि हङकङ विमानस्थल पुगेका थिए।

हङकङ विमानस्थलबाट हाम्रा सहकर्मी जगतअम्बु गुरुङले प्रसारण गरेको लाइभ फेसबुक भिडियो हेर्नुहोस्

म्याराथन धावक मानन्धरलाई पोखराबाट विदाई

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा २८, गते । दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई शुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामनासहित एक समारोहका विच विदाई गरिएको छ ।

सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फूलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज बरालले बताए । सहारा क्लव हङकङले यही जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने उक्त च्यारीटि हाईकिङ कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा दिएपछि धावक मानन्धर उक्त कार्यक्रममा सहभागि हुने भएका छन ।

कार्यक्रममा बोल्दै पदकधारी मानन्धरले धेरै बर्ष पहिला पनि पोखरामा दौडन आउने गरेको प्रसङग कोट्याउदै पोखरामा खेल पर्यटनको र खेलकुदको प्रचुर सम्भावना भएको उनले बताए । पोखरेलीहरुले हौसाएको कारणले गर्दा आफूले म्याराथनमा नेपालको राष्ट्रिय कृतिमान राख्न सफल भएको दाबी गरे । उनले वातावरणको हिसावले पोखरा उपयुक्त भएकोले यहाँका खेलाडी र खेलकुदको विकासको लागि सवै जुट्नु पर्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका सदस्य एवं क्लवका सल्लाहकार तेज बहादुर गुरुङले नेपालका पदकधारी बैकुण्ठ मानन्धरको हङकङ यात्राले नयाँ युवा पिढिमा तरङग पैदा गराउने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङले क्लवले खेलकुदको साथमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै राखेपबाट आवश्यक सहयोगको लागि समन्वय गर्न तयार रहेको जनाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा लगायतले पदकधारी मानन्धरको हङकङ यात्रासहित हङकङ वसाईको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नवनिर्वाचित कार्यसमितिलाई वधाई ज्ञापन गरिएको थियो । मञ्च कास्कीका अध्यक्ष केशव पाठक, उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सह–सचिव अर्जुन गिरी, सदस्य उमेश पुनलाई ३ बर्षे कार्यकालको सफलताको कामनासहित माला तथा खादा लगायर वधाई ज्ञापन गरिएको हो ।


म्याराथन धावक बैकुण्ठ मानन्धरलाई हङकङमा सम्मान गरिने

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा। नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धरलाई हङकङमा सम्मान गरिने भएको छ ।

सहारा क्लव हङकङले यही जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने च्यारिटी हाईकिङ कार्यक्रमको अवसरमा नेपालका म्याराथन धावक मानन्धरसहित अन्यलाई सम्मान गरिने भएको सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले बताए ।

मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका,१९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता उनको दक्षिण एशियाली म्याराथुनको समयमा कीर्तिमान उनको नाममा छ ।

सोही अवसरमा पूर्व अन्तर्राष्ट्रिय वक्सिङ खेलाडी नामसिंह थापा मगर नेपालको पहिलो ओलम्पिकमा सहभागी मध्यका एक भएको भन्दै क्लवले सम्मान गर्ने भएको छ। थापा मगर हाल हङकङमा बसोबास गर्छन् ।

नेपाली खेलकुदको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको हो । विहान साढे ७ बजे सुरु हुने सेन्ट्रल फेरी पियर हुदै वल्ड पीक रोड, राउण्ड पिक, अवरडिन कन्ट्रीपार्कमा पुगेर समापन हुने छ । सो च्यारीटि हाईकिङमा हङकङबासी नेपालीहरुलाई कार्यक्रमा सहभागी भई सहयोग गरिदिन क्लब परिबार हाद्धिक अनुरोध गरेको छ।





Comments

comments

Leave a Reply

12892