म्यानमारका भूकम्प पीडितलाई नेपाल सरकारद्वारा राहत सहयोग घोषणा..

काठमाडौं । नेपाल सरकारले म्यानमारमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकहरूका लागि मानवीय सहायता पठाउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको जानकारी दिए। मन्त्री गुरुङका अनुसार नेपाल सरकारले म्यानमारका भूकम्प पीडितहरूको तत्काल सहयोगका लागि आवश्यक राहत सामग्री पठाउने निर्णय गरेको हो।

राहत सामग्रीमा खाद्यान्न, औषधि, लत्ताकपडा लगायत आवश्यक वस्तुहरू रहने छन्। यसैगरी भूकम्पका कारण घाइते भएका नागरिकहरूको उपचारका लागि नेपाली सेनाको विशेष चिकित्सक टोली सेनाकै जहाजमार्फत म्यानमार जाने निर्णय पनि गरिएको छ।

यो सहयोगले म्यानमारका भूकम्प पीडितहरूलाई केही राहत मिल्ने विश्वास गरिएको छ। नेपाल सरकारको यो कदमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130121