एचकेनेपाल डट कम –
हङकङ, ९ अप्रिल। हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको उद्घाटन खेलमा नेपालले शानदार जीत हासिल गरेको छ। मङ ककस्थित मिसिन रोड ग्राउण्डमा भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्यो।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ३८ रन बनाए भने कप्तान रोहित पौडेल र वसिर अहमदले क्रमशः ३७ र ३० रनको अविजित पारी खेले। यसअघि ब्याटिङ गरेको कतारका लागि कप्तान इक्रमूल्लाह खानले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए। यो जीतसँगै नेपालले सिरिजमा सुखद सुरुवात गरेको छ।