पाथीभरा गइरहेको जिप विद्युत्‌को तारमा अल्झेर आगलागी, जलेर मृत्यु भएका सबै जनाको सनाखत..

तस्वीर : प्रदेश खबर फेसबुक पेजबाट

एचकेनेपाल डट कम –
ताप्लेजुङ । ताप्लेजुङमा भएको एक दर्दनाक दुर्घटनामा चार जनाको ज्यान गएको छ । सोमबार बिहान पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो जिप विद्युत्को तारमा अल्झिएर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो।

-

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० निवासी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल तथा चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

फुङलिङ नगरपालिका-१० को सेवारो चोकमा भएको यस दुर्घटनामा मे १ च ३०११ नम्बरको बोलेरो जिप विद्युत्को पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । घटनामा परी ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य घाइते भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी भीमबहादुर दाहालका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिँदैछ । प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जनाको टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको र आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।





Comments

comments

130681