ट्रम्पको विरोधमा एकजुट भए तीन पूर्व राष्ट्रपतिहरु..

वाशिङ्टन, अमेरिकाका तीन पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जो बाइडेन र बिल क्लिन्टनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। अमेरिकी लोकतन्त्रको रक्षाका लागि तीनै जना एकजुट भएर अघि आएका हुन्।

गत दुई हप्तामा तीनै पूर्व राष्ट्रपतिहरुले सार्वजनिक रुपमा बोल्दै अमेरिकी लोकतन्त्र खतरामा परेको र नागरिकहरुले यसको रक्षाका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्। ओबामाले नागरिक जिम्मेवारीको महत्व बताउँदै अन्यायको विरुद्धमा उभिन आग्रह गरे भने बाइडेनले सामाजिक सुरक्षामा कटौती गरिएको विरोध गरे। क्लिन्टनले २५० वर्षको लोकतान्त्रिक यात्रालाई जोगाउन आह्वान गरेका छन्।

यी तीन पूर्व राष्ट्रपतिहरुको एकजुट हुनु र वर्तमान प्रशासनको आलोचना गर्नु अभूतपूर्व घटना मानिएको छ। यसले अमेरिकी लोकतन्त्र गम्भीर चुनौतीको सामना गरिरहेको संकेत गरेको विश्लेषकहरुको भनाइ छ। (एजेन्सीहरु)





Comments

comments

130690