नेपाली चिकित्सक बोहराले जितिन् अमेरिकाको प्रतिष्ठित पुरस्कार..

एचकेनेपाल डट कम –
काठमाडौं, अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहराले एसिपी ओस्लर कप २०२५ जितेकी छिन्। अमेरिकन कलेज अफ फिजिसियन (एसिपि) डक्टर्स डिलेमा प्रतियोगितामा उनी यो पुरस्कार जित्ने पहिलो नेपाली बनेकी हुन्।

भारत, जापान, क्यानडा, मेक्सिको र अमेरिका लगायत विभिन्न देशका ६० उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीको सहभागिता रहेको तीन दिने प्रतियोगितामा डा. बोहराले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीमा सर्वोत्कृष्ट प्रदर्शन गरिन्।

उनले अमेरिकन कलेज अफ म्यासाचुसेट्स च्याप्टर र सेन्ट भिन्सेन्ट हस्पिटलको प्रतिनिधित्व गरेकी थिइन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130769